एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाबाट दुई अमेरिकी नौसेना पक्राउ परेका छन् । संवेदनशील सैन्य सूचना चीनलाई दिएको आरोपमा २२ वर्षीय अमेरिकी नागरिक जिनचाओ वेई र २६ वर्षीय वेनहेङ चाओ पक्राउ परेका हुन् ।
वेईलाई चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी दिएको आरोप लागेको छ भने चाओलाई संवेदनशील फोटो र भिडिओका लागि पैसा लिएको आरोप लगाइएको बीबीसीले जनाएको छ ।
दुवै एउटै चिनियाँ एजेन्टसँग सम्पर्कमा थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।