Logo
Logo

राहुल गान्धीको सांसद पद पुर्नबहाली


2.6k
Shares

काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद पुर्नबहाली भएको छ । भारतको सर्वोच्च अदालतले गान्धीको सजायमा रोक लगाएपछि उनको सांसद पद पुनर्बहाली भएको हो ।

शुक्रबार अदालतले ‘मोदी थर प्रकरण’मा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको समाचार संस्था रोयटर्सले जनाएको छ । समाचारमा जनाइएअनुसार सर्वोच्चले नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै सजायमा रोक लगाएको हो ।

अदालतले नेता गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार र्पुयाउनसमेत आग्रह गरेको छ । सर्वोच्च अदालतका एक वरिष्ठ अधिवक्तालाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्, ‘यो कुनै एक व्यक्तिको मात्र विषय होइन, जतिपनि व्यक्तिले राहुल गान्धीलाई संसद्मा र्पुयाए, उनीहरूको अधिकार हननको विषयसमेत हो ।’

यसअघि भारतको गुजरात उच्च अदालतले मानहानी मुद्दामा नेता गान्धीको पुनरावेदन खारेज गरिदिएको थियो । सुरतको एक अदालतबाट दोषी ठहर भएका गान्धीले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए । नेता गान्धीको पुनरावेदनमा गत २ मेमा गुजरात उच्च अदालतका न्यायाधीश हेमन्त प्रच्छकको इजलासले सुनुवाइ सकेपनि फैसला सुरक्षित राखेको थियो ।

सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा मानहानी मुद्दामा नेता गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त आदेशलगत्तै गान्धीको सांसद पद गुमेको थियो । गान्धीलाई सुनाइएको सजाय सुप्रिम कोर्टबाटै रोकिएकाले अब उनको सांसद पद पुनर्बहाली भएको छ ।

प्रतिक्रिया दिनुहोस्