काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र रुपन्देहीस्थित क्रिमसन अस्पताल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ सय ८८ वटा शाखा, १ सय ४७ वटा एटिएम तीन विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।