Logo
Logo

प्राइमको मुनाफा २ अर्ब २६ करोड


378
Shares

कोभिड–१९ को महामारी र रुस–युक्रेन युद्घका कारण विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको स्पष्ट देखिएको छ । साथै, नेपालको अर्थतन्त्रमा पनि समीक्षा वर्षमा तरलताको अभावका कारण आर्थिक क्रियाकलापमा कमी हुनाले समग्र बैंकिङ क्षेत्रको व्यापार व्यवसायमा केही संकुचन आएको छ ।

यस समीक्षा अवधिमा प्राइप कमर्सियल बैंकले कुल निक्षेप गत वर्षको भन्दा ७.९५ प्रतिशतले वृद्घि गरी रु. १ खर्ब ७८ अर्ब ५६ करोड संकलन गरेको छ भने कर्जामा ५.२६ प्रतिशतले वृद्घि गरी रु. १ खर्ब ६३ अर्ब ६ करोड प्रवाह गरेको छ ।

गत आर्थिक वर्षभन्दा यस समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी १७.६६ प्रतिशत वृद्घि गरी रु. ७ अर्ब २७ करोड आर्जन गरेको छ । कर्जा नोक्सानी व्यवस्थाअघिको सञ्चालन मुनाफा १९.०७ प्रतिशतले वृद्घि गरी रु. ६ अर्ब ६९ कारोड आर्जन गरेको छ ।

साथै, गत वर्षको भन्दा समीक्षा अवधिमा गैरकोष आम्दानी १२.३७ प्रतिशतले बृद्घि गर्दै रु. १ अर्ब ८१ करोड आर्जन गरेको छ ।

बैंकले मुलुकको वर्तमान अर्थतन्त्र एवं उद्योग व्यबसायहरुमा परेको नकारात्मक प्रभावलाई मूल्यांकन गर्दै आफ्नो आर्थिक अवस्थालाई मजबुत बनाउन यथेष्ट कर्जा नोक्सानी व्यवस्था गरेको कारणले यस आवको खुद मुनाफामा गत वर्षको भन्दा केही संकुचन भई रु. २ अर्ब २६ करोड मुनाफा आर्जन गरेको छ ।

यस आवमा गरेको कर्जा नोक्सानी व्यवस्थावापतको रकम आउँदा वर्षहरुमा मुलुको अर्थतन्त्र एवं उद्योग व्यवसायमा सकारात्मक प्रभाव देखिएसँगै सो व्यवस्था रकम फिर्ता भई बैंकको नाफामा वृद्घि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्