Logo
Logo

संवैधानिक अङ्गमा आयुक्त र सदस्यका लागि आवेदन खुला


3.3k
Shares

काठमाडौं । गत शुक्रबार बसेको संवैधानिक परिषद् बैठकको निर्णय अनुरुप संवैधानिक निकायका आयुक्त र सदस्यहरु माग गर्दै आवेदन मागेको छ । संवैधानिक नियुक्तिमा पारदर्शिता र स्वच्छता ल्याउने भन्दै यस्तो अभ्यास प्रचलनमा ल्याइएको छ ।

संवैधानिक परिषद्को सचिवालयले आइतबार सार्वजनिक सूचनामार्फत संवैधानिक अंगमा चारवटा पदका लागि आवेदन खुलाइएको हो । परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत, वित्त आयोग र मुस्लिम आयोगको सदस्यको माग गरेको छ ।

उक्त सूचना अनुसार एकभन्दा धेरै पदमा पनि आवेदन दिन सकिने छ । संवैधानिक निकायमा नियुक्त हुन योग्य, अनुभवी नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।
आवेदन प्राप्त भएपछि परिषदले योग्य उमेदवारलाई प्रतिस्पर्धाका आधारमा छनोट गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको फारम भरेर इच्छुकले आवेदन बुझाउन सकिने व्यवस्था छ ।

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिससँगै संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो । यी संवैधानिक अङ्गमा कम्तीमा एक जना महिला नियुक्त गर्ने सहमति पनि भएको छ ।

गत साउन १८ गते पनि महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगका सदस्य र मुस्लिम आयोगका सदस्य नियुक्तिका लागि संवैधानिक परिषद्ले आवेदन खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्