Logo
Logo

मुुख्यमन्त्री प्रहरी छानबिनमा


124.2k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि प्रहरी छानबिनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको पनि संलग्नता देखिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीले सो घटनामा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । पहिलो चरणको अनुसन्धानमा पर्याप्त प्रमाण नभएकाहरुमाथि दोस्रो चराण्मा छानबिन चलिरहेको छ ।

पहिलो चरणको अनुसन्धानमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा लगायत १६ जना थुनामा छन् ।

आङटावालो खाणसँग मिलेर आफुनिकटसँग पैसा उठाएका थिए । डिल्लीले पनि त्यसैगरी पैसा उठाएको सूचना प्रहरीले पाएको छ । केही पीडितहरुले पनि प्रहरीसँग चौधरीको संलगनताबारे बताएको र त्यसमा प्रमाण खोज्ने काम भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बताए ।

यो प्रकरणमा मुख्यमन्त्री चौधरीको गृहजिल्ला दाङका धेरै युवाहरु पीडित भएका छन् । उनीहरुलाई गृह मन्त्रालयमा लगेर भेटाउने लगायतको काम चौधरीले पनि गरेका थिए । चौधरी लुम्बिनीमा खाणकै गुटका नेता मानिन्छन् ।

तर, त्यसरी उनले भेटाएकामध्ये धेरैले पैसा फिर्ता पाइसकेकाले उजुरी गरेका छैनन् । आफु समेत फस्ने देखेपछि चौधरीले हतार हतार केस सेटल गरेको स्रोत बताउँछ । तर, संगठित अपराधको मुद्दा भएकाले पैसा फिर्ता गरेपनि संलग्नता देखिएमा अनुसन्धानको दायरामा ल्याउने प्रहरी तयारी छ । प्रमाण पर्याप्त नभएकाले प्रहरीले यस विषयलाई गोप्य नै राखेको छ ।

कांग्रेस नेतृहरु आरजु देउवा, मञ्जु खाण पनि दोस्रो चरणको अनुसन्धानमा छन् । त्यस्तै, एमालेका रामबहादुर थापा बादल, राजेश बज्राचार्यलगायत पनि छानबिनमा छन् । तर, अनुसन्धानले तिव्रता पाउन सकेको छैन । बादलका छोरा अहिलेसम्म पक्राउ परेका छैनन् । यो प्रकरणमा आरजुसँग जोडिने बिचौलिया बेचन झा भारतमै लुक्दै आएका छन् । जसकारण प्रहरीको दोस्रो चरणको अनुसन्धान सुस्त बनेको छ ।

बरु पक्राउ परेकाहरु उच्च अदालतबाट छुट्न दौडधुपमा लागेका छन् । टेकनाथ रिजाल बाहेक सबै जना उच्च अदालत गएका छन् । छिटो प्रक्रियाबाट आफुहरुको मुद्दा सुनुवाई गर्न वकिलमार्फत दबाब दिन थालिएको स्रोत बताउँछ ।

गुप्तचरले पाएको एक सूचनाअनुसार सिडिओ रहेका व्यक्ति नातेदार उच्च अदालतमा छन् । उनैमार्फत कांग्रेस नेता खाणका वकिलहरुले गोप्य रुपमा कुरा गरेका छन् । खाणले जसरी पनि आफुलाई छुटाउन कांग्रेस नेतृत्वलाई पनि दबाब दिदै आएको छ । प्रमाण बलियो भएका कारण छुट्ने सम्भावना न्यून भएपछि यसरी चलखेल सुरु भएको हो ।

प्रस्तुत समाचारमा खण्डन प्राप्त भएकोले प्रकाशित गरिएको छ– सम्पादक (२३ साउन २०८०)

खण्डन

दृष्टि न्यूजमा ‘मुख्यमन्त्री प्रहरी छानविनमा’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । प्रकाशित समाचारको विषयवस्तुमा माननीय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीज्यू जानकारसमेत नरहेको र त्यो विषमा कुनै पनि संलग्नता नरहेको प्रष्ट पार्दछौँ ।

प्रकाशित समाचारप्रति सत्यता नरहेको, समाचारमा उल्लेखित पात्र र परिवेशबारे मुख्यमन्त्री जानकारसमेत नभएको अवस्थामा व्यक्तिगत चरित्र हत्या गर्ने गरि आएको समाचारमा गम्भीर ध्यानाकर्षण भएको छ ।

जिम्मेवार र प्रतिष्ठित सञ्चारमाध्यमबाट पुष्टि बिनाका गलत समाचारहरू सार्वजनिक गरिनु पत्रकारिताको आचार संहिता र इथिक्स धर्म विपरीतको कार्य मात्रै नभएर यस प्रकृतिका समाचारबाट नागरिकमा भ्रम सिर्जना हुने भएकाले यस प्रकारका समाचार प्रकाशन नगर्न आग्रह समेत गरिन्छ ।

मुख्यमन्त्रीको चिवालय
लुम्बिनी प्रदेश

प्रतिक्रिया दिनुहोस्