काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको सिटिजन्स सुपर ३० म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन भइरहेको उक्त बन्दमुखी योजनाको सात करोड ५० लाख ७२ हजार तीन सय ९० इकाइ सूचीकृत भएको हो ।
सूचीकरणसम्बन्धी कार्यक्रम नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठलगायतका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ । उक्त म्युचुअल फन्ड योजनाको बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने क्यापिटलले जनाएको छ ।