Logo
Logo

मौसम बदलीसँगै वर्षाको सम्भावना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ पुस । देशभर न्यून चापीय प्रणालीको प्रभावले आज दिनभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहिबार महाशाखाद्वारा जारी बुलेटिनअनुसार देशभर बदली रहनेछ ।
दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुने जनाइएको छ । साथै, पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ । रातमा केही स्थानहरुमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्