Logo
Logo

जम्मु कश्मिरको भीडन्तमा एक नेपालीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

Army sounded a high alert across Line of Control with army jawans patrolling in Nowgam sector after special forces had carried out “Surgical strike” to destroy 7 launch pads along the Line of Control where teams of terrorists had positioned themselves. Express photo by Shuaib masoodi 30.9.2016

काठमाडौं, १७ पुस । भारत र पाकिस्तानी सैनिकबीच दोहोरो भीडन्तमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेका गोरखाका अर्जुन थापा मगर रहेको जनाइएको छ ।
बुधबार जम्मु कश्मिरमा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको थियो । सोहीक्रममा थापा मगरको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । ।

उक्त समाचारअनुसार भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगर पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका थापा मगरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् । उक्त घटनामा भारतीय नागरिक सन्दीप रघुनाथको पनि मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्