Logo
Logo

एसबिआई बैंकले ४ शाखा कार्यालय सार्ने


2.1k
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले विभिन्न ४ वटा शाखा कार्यालय सार्ने भएको छ । बैंकले दाङ, भैरहवा, रत्ननगर र रामपुर शाखा कार्यालय सार्ने भएको हो ।

बैंकका अनुसार दाङको घोराही उपमहानगरपालिका, भैरहवाको सिद्धार्थनगर नगरपालिका रुपन्देही, रत्ननगर नगरपालिका चितवन र रामपुर शाखा विरगंज महानगरपालिका पर्सामा सार्न लागिएको हो ।

इच्छुक घरधनीहरूले आफूले मासिक भाडामा दिन चाहेको रकम उल्लेख गरी घरको चार किल्ला प्रमाणपत्र, जग्गा धनीको प्रमाण पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, घरको नक्सा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र पेस गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्