Logo
Logo

पाकिस्तानका राष्ट्रपति अल्वीद्वारा संसद भंग


1.7k
Shares

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संसद भंगको सिफारिस अनुमोदन गरेका छन् । राष्ट्रपति अल्वीले प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा बुधबार मध्यराति संसद भंग गरेका हुन् ।

पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो ।

संसद भंग भएपछि पाकिस्तानको मन्त्रिपरिषद पनि भंग भएको छ । तथापी अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल शहबाज शरीफ नै प्रधानमन्त्री पदमा कायम रहनेछन् ।

बीबीसीका अनुसार तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीच छलफल हुने तय भएको छ । नेता रियाजले नयाँ प्रधानमन्त्री चयनका लागि सहमतिको कोसिस गर्न छलफल गर्न लागेको बताएका छन् ।

अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ ।

प्रतिक्रिया दिनुहोस्