Logo
Logo

कांग्रेसले भन्यो- के मुद्दामा सांसद शर्मा पक्राउ परेका हुन्, जानकारी छैन


1.7k
Shares

काठमाडौं । सांसद सुनिल शर्मा पक्राउबारे नेपाली कांग्रेसको संसदीय दलको बैठकमा छलफल भएको छ । कांग्रेसका सांसद शर्मालाई बिहीबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले निवासबाटै पक्राउ गरेको थियो । त्यसबारे सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको संसदीय दल कार्यसमिति बैठकमा छलफल भएको हो ।

बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउ परेको विषय जानकारी रहेको बताए । उनले भने, ‘सांसद शर्मा पक्राउ परेको जानकारी छ । तर, के मुद्दामा पक्राउ परेका हुन् भन्नेबारे जानकारी छैन ।’ उनले सभामुख र प्रहरीसँग जानकारी लिएरमात्रै पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

सांसद शर्माले के कसुर गरेका हुन् र के छानबिन हुन्छ भन्नेबारे आधिकारिक जानकारी लिएपछि मात्रै पार्टीले बोल्ने उनको भनाइ छ । लेखकले यसबारे शुक्रबार दिउँसो १ बजे बस्ने संसदीय दल बैठकमा पनि छलफल हुने बताए । मोरङ ३ बाट निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते मुद्दामा प्रहरीले पक्राउ जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्