Logo
Logo

देशभर वर्षा : यस्तो छ आज र भोलीको मौसम


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ , १८ पुस । पश्चिमी न्यूनचापीय वायुको प्रभावले शुत्रबार आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जनाएकी छन् । उनले वर्षा लगातार नभई केही समय रोकिँदै फेरी सुरु बताइन् ।
राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
त्यस्तै, भोलि शनिबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्