Logo
Logo

टिपर भीरबाट खस्यो, एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

नुवाकोट, १८ पुस । ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुंगामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दुर्घटना हुँदा टिपरका चालक बेलकोटगढी नपा–१३ बाराहीका २२ वर्षीय अजय लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । उननका अनुसार टिपर सडकदेखि झण्डै ५०० मिटर तल खेसको थियो ।

प्रतिक्रिया दिनुहोस्