Logo
Logo

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पूर्वपश्चिम राजमार्ग बन्द


12.2k
Shares

काठमाडौं । बाढीले खतराको तह पार गरेपछि कोसी ब्यारेजका सबै ढोका एकैपटक खोलिएको छ । आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएको हो ।

पानी प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक भन्दा बढी पुगेसँगै ब्यारेजको ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

कोसी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव ३४ वर्षपछि यति धेरै भएको हो । सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ ।

जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ । कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्