Logo
Logo

चट्याङले एकै परिवारका पाँच घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

बाँके, १८ पुस । बाँकेमा चट्याङबाट एकै परिवारका पाँच जना घाइते भएका छन् । शुक्रबार आज बिहान पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् । चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक घाइते भएका हुन् ।
चट्याङ लागेर घाइते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा यतिखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर एउटा बंगुर मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्