Logo
Logo

जनमत सरकारमा सहभागी, नविनियुक्त मन्त्री अनिता देवीले लिए शपथ


2.1k
Shares

काठमाडौं । नविनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शाह जनमत पार्टीका सांसद हुन् । यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादीले आइतबार सरकारबाट फिर्ता बोलाएपछि शाह नयाँ मन्त्री नियुक्त भएका हुन् ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाअध्यक्ष गणेश तिमिल्सिना लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्