Logo
Logo

अमेरिकी कारबाहीमा इरानका वरिष्ठ कमाण्डरको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

तेहरान, १८ पुस (एजेन्सी) । अमेरिकी सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मारिएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार इरानको एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका बरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको हो ।
अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टी गरेको छ । ‘अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारबाहीका क्रममा क्वासिमको मृत्यु भएको हो’, पेन्टानगनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै सोलेमानी मारिएको पेन्टागनले जानकारी दिएको छ । वक्तव्यमा इराकी अर्धसैन्य बल हसद शावीका उपप्रमुख अबु महदी अल मुहाम्दीस पनि मारिएको उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
वासिंगटन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको छ । यस समयमा अमेरिकी सेनाको कारबाहीमा परी इरानका कमाण्डर मारिएको यस घटनालाई अर्थपूर्ण रुपमा हेरिएको प्राप्त समाचारमा जनाइएको छ । इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्