Logo
Logo

कांग्रेस-समाजवादी पार्टीबीच एक बुँदे सहमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ पुस । समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग एक बुँदे सहमति गरेको छ । सत्ताबाट बाहिरिएपछि विकल्प खोजिरहेका समाजवादीका अध्यक्ष उपेन्द
यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति भएको हो ।
दुई दलबीच ९ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको जनाइएको छ । कांग्रेस र समाजवादीबीच प्रदेश २ मा हुने चार पदका लागि सहकार्य गर्ने सहमति भएको सहमतिमा उल्लेख छ ।
‘२०७६ माघ ९ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेस र माजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति बमोजिम प्रदेश नम्बर–२ मा हुने ४ पदको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीतर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति गरियो’, सहमतिमा पत्रमा भनिएको छ ।
सरकारमा उपप्रधान तथा कानुनमन्त्री रहेका यादवले सत्ताबाट बाहिरिएको केही सातामै प्रतिपक्षी दलसँग सहकार्य गरेका हुन् । अध्यक्ष यादवले सत्ताबाट बाहिरिएपछि सडक र सदन तताउने कुरा गर्दै आएका छन् । यसैक्रममा प्रमुख प्रतिपक्षी कांग्रेससँग सहमति गरे अगाडि बढ्ने सोचका साथ यो सहमति भएको समाजवादीका एक् नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्