Logo
Logo

हिंसा भड्किन नदिन संयमता अपनाउन आह्वान


- दृष्टि न्युज/संवाददाता

0
Shares

Russian President Vladimir Putin speaks during an annual VTB Capital “Russia Calling!” Investment Forum in Moscow, Russia, Wednesday, Nov. 20, 2019. (AP Photo/Alexander Zemlianichenko, Pool)

पेरिस, १९ पुस (एजेन्सी( । इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी म्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ ।
इरानका सवै पक्ष विपक्षलगायत राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा नै संयमता अप्नाउन उनीहरुले आह्वान गरेका छन् । खतरनाक घटना हुन नदिनका लागि छिमेकी देशसँग निरन्तर सम्पर्कमा र नजिक रहेर संयमताका लागि उहाँहरुले आग्रह गरेको बताइएको छ ।
दुई नेताबीचको शुक्रबारको वार्तामा पछिल्लो परिस्थितिको छलफल भएको बताइएको छ । राष्ट्रपति म्यार्कों सन् २०१५ मा परमाणु सम्झौतामा हस्ताक्षर भएको बारेमा थप समन्वय गर्न आवश्यक रहेको बारे जोड दिएक थिए ।
केहीदिन अघि बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि इराक, इरान र अमेरिकाकाबीचमा विबाद थप चर्किदै गएको छ । अमेरिका र इरानका शिर्ष नेताले एक अर्कोलाई चेतावनी दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्