Logo
Logo

त्रिवि सेवा आयोगको अध्यक्षमा घनश्याम भट्टराई नियुक्त


441
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका छन्। त्रिवि इतिहास विभाग प्रमुख रहेका झापाका भट्टराईलाई प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन्।

भट्टराईले आज (बुधबार) सेवा आयोग अध्यक्षको पदभार ग्रहण गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका सहकुलपति अशोककुमार राई नेतृत्वको सिफारिस समितिकाे सिफािरसमा प्रा.डा. भट्टराईलाई सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् । उनी ६ महिनापछि अनिवार्य अवकाश हुँदै छन् ।

सहकुलपति राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो । सोही आवेदन अनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

त्रिवि सेवा आयोग २०७९ साउन १९ गतेदेखि अध्यक्ष विहिन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्