Logo
Logo

कृषि विकास बैंकको ह्याकिङमा संलग्न पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० पुस ।
कृषि विकास बैंक ह्याकिङमा संलग्न एक जनालाई प्रहरी महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रंगेली २ का ४३ वर्षीय दिपक नेपाल रहेका छन्।


नेपाललाई गत १८ गते पक्राउ गरी आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। उनले नाइजेरियन र भारतीय नागरिकहरुसँग मिलेर नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट करिब पाँच करोड निकालो थिए ।
उनले भारतको मुम्बई तथा नेपालमै बसेर त्यस्तो योजना बनाएका थिए। योजनाअनुसार नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको वारदातमा ह्याकिङ गरेको १ करोड रकमसहित फरार रहँदै आएकामा पक्राउ परेका हुन्।
सो प्रकरणमा बैंकका कर्मचारीहरु समेत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्