काठमाडौं । हिमालयन बैंक र तायो इको रिसोर्ट होटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो ।
हिमालयन बैंक र तायो इको रिसोर्टबीच भएको सम्झौताअनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा बैंकका ग्राहक तथा कार्डबाहकहरुलाई १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको हो ।
हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।