Logo
Logo

भारतीय ट्रकको ठक्करले दुईको मृत्यु, तीन घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

दमक, २० पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गएराति दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर०७जीएच७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्