Logo
Logo

गृहमन्त्री थापा बेइजिङ प्रस्थान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० पुस । गृहमन्त्री रामबहादुर थापा चीन प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा ६ दिने भ्रमणका क्रममा उनी आइतबार बेइजिङ प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । मन्त्री थापाको टोलीले चीनको सांघाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।
चीन भ्रमण टोलीमा गहमन्त्रीसहित उनका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्