Logo
Logo

नेकपाका श्रेष्ठ र न्यौपानेद्वारा मनोनयन दर्ता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० पुस । राष्ट्रिय सभा सदस्यका लागि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । आइतबार उनीसँगै महिलातर्फ सदस्यका लागि नेकपाकी भगवति न्यौपानेले पनि मनोनयन दर्ता गरेकी छन् ।
राष्ट्रियसभाको रिक्त १८ पदका लागि ९ माघमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रियसभा सांसदको उम्मेदवार दर्ताका लागि आइतबार १० देखि ३ बजेको समय निर्धारण गरेको छ । सातै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्