Logo
Logo

आजदेखि मौसममा सुधार, चिसो कायमै रहने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० पुस । आज आइतबारदेखि मौसममा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावसँगै शनिबारसम्म बदलीसँगै वर्षा भएको थियो । तर, आइतबार मौसमी प्रणाली कमजोर हुँदै गएकाले देशभर मौसम सुधार हँुदै गएको मौसमविद् प्रतिभा मान्धरले बताएकी छन् ।
हाल देशको पहाडी भूभागलगायत उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशको उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, सोमबार देशको उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ भने मंगलबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम खुले पनि बिहान र बेलुका चिसो नै रहिरहने हुनाले चिसोबाट जोगिन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्