Logo
Logo

चलचित्र ‘थिम’ लिएर हङकङ जाँदै बबिता, २७ अगष्टमा प्रिमियर


15.8k
Shares

काठमाडौं । लिम्बू संस्कार र संस्कृतिमा आधारित निर्माण गरिएको चलचित्र ‘थिम’ हङकङमा प्रिमियिर हुने भएको छ । ‘थिम’ अर्थात ‘संस्कार’ यही अगष्ट २७ तारिखका दिन हङकङको जोर्डनस्थित यउमातेई कम्युनिटी हलमा प्रिमियर शो हुने भएको हो ।

चलचित्र ‘थिम’ लिम्बू भाषामै तयार गरिएको छ । ‘थिम’ प्रदर्शनका लागि यस चलचित्रकी नायिका बबिता फोम्बो मंगलबार त्यसतर्फ उड्दैछिन् । ‘थिम’की नायिका बबिताले भनिन्, ‘चलचित्र प्रिमियरकै लागि हङकङ जान लागेकी हुँ । यही मंगलबार त्यसतर्फ जाँदैछु ।’ उनले यो चलचित्र पहिलोपटक हङकङमा प्रिमियर गर्न लागेको समेत बताइन् ।

यलम्बर खम्बुको निर्देशन रहेको ‘थिम’को निर्माण भोजराज साँवा लिम्बू र यलम्बरले नै गरेका हुन् । चलचित्रका सागर केरुङको कथा तथा पटकथा रहेको छ ।

टप माउण्टेन तेक्वाण्डो एशोसिएसनको प्रस्तुती रहेको ‘थिम’लाई भोजराज साँवा र ओम गुरुङको व्यवस्थापनमा हङकङमा प्रिमियर गर्न लागिएको हो । प्रिमियर कार्यक्रमका लागि मौसम इम्बुङ (फूलेन्देको बाउ)ले प्रस्तोताको भूमिका निर्वाह गर्दैछन् ।
पाँचथर र ताप्लेजुङको विभिन्न स्थानको छायाँकन गरिएको चलचित्र ‘थिम’मा राजकुमार लिङ्दन, बबिता फोम्बो, सागर केरुङ, सुक्मिता केरुङ, निसाम तुम्बापो लगायतको कलाकारको अभिनय रहेको छ ।

मोडल तथा नायिका बबिता तेस्रोपटक हङकङ जान लागेकी हुन् । यसअघि पनि लिम्बू चलचित्र ‘केः’को प्रिमियरका लागि हङकङ गएकी थिइन् भने त्यसअघि सांस्कृतिक कार्यक्रममा सहभागी हुनु उनी हङकङ गएकी थिइन् ।

‘अम्लारी फुङ’, ‘हेक्लुवा’, ‘केः’लगायतका चलचित्र र विभिन्न म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी बबिता पछिल्लो समय केही समययता भने घर गृहिस्थीमै बढी व्यस्त रहँदै आएकी छन् । यसै बेला उनी ‘थिम’ लिएर हङकङ जान लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्