Logo
Logo

प्रभु क्यापिटलका हितग्राहीलाई गुह्येश्वरी डेन्टलमा छुट


441
Shares

काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका हितग्राही ग्राहकले ललितपुरको पुल्चोकमा रहेको गुह्येश्वरी डेन्टल मल्टी स्पेसियालिटी एन्ड इम्प्लान्ट हब प्रालिमा छुट पाउने भएका छन् । क्यापिटलका ग्राहकले दाँतसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चमा छुट पाउने सम्झौता भएको हो ।

सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुह्येश्वरी डेन्टलका सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार सेवाग्राहीले १५ प्रतिशत छुट पाउने क्यापिटलले जनाएको छ ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेको जानकारीसहित हितग्राही खाता नम्बर उपलब्ध गराउनुपर्ने जनाइएको छ । अफरको लाभ एक वर्षसम्म पाउने जनाइएको छ ।

गुह्येश्वरी डेन्टलले अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको जनाएको छ । यहाँ ग्राहकले डेन्टल चेकअप, डेन्टल फिलिङ, तिथ ब्लिचिङ, डेन्टल एक्स्ट्राक्सन तथा अन्य सेवा लिन सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्