Logo
Logo

पौडी खेल्ने क्रममा खोलाले बगाएर बालिकाको मृत्यु


819
Shares

हेटौंडा । मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्वर–१० निवासी सुमनसिंह स्याङ्तानको छोरी ४ वर्षकी प्रमिसा स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रमिसा आइतबार साँझ साथीहरुसँग पौडी खेल्न गएकी थिइन् । पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको र घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्