Logo
Logo

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट


3.6k
Shares

काठमाडौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले सर्वसाधारणलाई जारी गरिएकोआईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २ लाख २७ हजार ६६२ जनाले सेयर हात पारेका छन् ।

यो आईपीओका लागि कुल १३ लाख १६ हजार ५२९ जनाले आवेदन दिएकामा ५ हजार ११ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

बाँकी १३ लाख ११ हजार ५१७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले साउन २८ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक बीओके क्यापिटल र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्