- मोहनकृष्ण श्रेष्ठ
प्रकृतिले प्रत्येक प्राणीलाई आप्mनो प्राणको रक्षा गर्नसक्ने क्षमता दिएको हुन्छ । यो दैनिक आहाराबाट होस् वा बाहिरी आक्रमणवाट । आप्mनो प्राणको रक्षा गर्नु स्वधर्म पनि हो । मृत्यु भनेको कुनै पनि जीवात्मको अन्तिम हार हो । अत खासगरी मानवहरुले आफ्नो एक बारको जुनीलाई अति महत्वका साथ जीउनु पर्दछ । यस्मा आशा निराशा, सफलता असफलता सबै जोडिएको हुन्छ । तर, पनि आप्mनो जीवनलाई रक्षा गर्नु प्रवद्र्धन गर्नु अति आवश्यक छ ।
आफूले जीउनु त ठिकै छ । तर अर्काेलाइै जीउन दिनु वा सहयोग गर्नु पनि उत्तिकै आवश्यक छ । समाजमा सबैले सबैथोक पाएको हुँदैन । खासगरी गरीब वर्गलाई त दिनको दुईछाक खान पनि धौधौ पर्दछ । संसारमा अझ पनि अरवौ जनता यस्तो अवस्थावाट जीवन धानी राखिराखेका छन् । यस्तो विषम अवस्थामा सुधार गर्नु निकै जरुरत पर्दछ । धनी र गरीबको बढ्दो खाडल विश्वमा अनेकन् समस्याहरुको जडको रुपमा देखापरेको छ ।
परोपकार नै सबैभन्दा ठूलो धर्म हो भन्ने हाम्रो समाजमा पनि गहन धारणा पाइन्छ । समय–समयमा आप्mनो सम्पत्ति दान दिएर अन्य गरीबगुरुवाको सेवा गर्न तम्सिने व्यक्तिहरुको प्रशस्त उदाहरण पाइन्छ । यस प्रसंगमा आफूभन्दा माथि उठेर अन्यको सेवा गर्नु परम कर्तव्य तथा धर्म हो भनि प्रतिपादन भएको पनि आज ११४ वर्ष भइसकेकोछ ।
अमेरिकाको शिकागो शहरमा मिति १९ अप्रिल १८६८ जन्मेका पाउल हारिसले सन् १९०५ मा रोटरी शब्दको उच्चारण गरी आफू मात्र वाच्ने होइन, अरुलाई पनि बाँच्न दिनुपर्दछ भन्ने उच्च मानवीय भावनाको जागरण सुरु गरेका थिए । यो अभियान आजको दिनसम्म आउँदा विश्वको सबैजसो कुनाकाप्चासम्म फैलिसकेको छ । रोटरी आज विश्वको सबैजसो देशहरुमा कार्यरत छन् । १२ लाख ४० हजार सदस्यहरु क्रियाशिल छन् । यसमा ३५,००० क्लवहरु सशक्तरुपमा क्रियाशील रहिआएका छन् । रोटरी भनेको परोपकारी भावनावाट अभिप्रेरित अभियान हो । रोटरीले आजको दिनसम्ममा विश्वमा एउटा दरिलो उपस्थिति जनाई समाजमा पनि उच्चस्थान हासिल गर्न सकेको छ । रोटारियन भन्नासाथ समाजसेवामा समर्पित व्यक्ति भन्ने जनाउँदछ । को धनी, को गरीब, सबैजना हातेमालो गरी अगाडि बढिरहेको सामाजिक संस्था हो रोटरी । सक्नेले धन दान दिएर होस् वा अन्यले समयको सदुपयोग गरी रोटरी अभियानलाई सशक्तरुपमा समुदायमा अगाडि बढाइराखेको छ । रोटरी विश्वव्यापीरुपमा फैलिएको एउटा ठूलो परिवार हो । यसमा ऐक्यवद्धता व्याप्त छ । प्रत्येक वर्ष नयाँ शहर, देशमा आयोजना गरिने वार्षिक वृहत सम्मेलनले रोटरीको गरिमालाई झन् उँचो बनाएकोछ । रोटरी समाजमा सकारात्मक ऊर्जा प्रदान गर्ने एउटा सशक्त अभियान भएको छ ।
प्रत्येक वर्ष रोटरीको अन्तरराष्ट्रिय सम्मेलन नयां शहर, देशमा आयोजना गरिन्छ । त्यसमा विश्वका विभिन्न देशहरुमा रहेका रोटरी क्लवका सदस्यहरुको ठूलो समूहले उपस्थिति जनाउँदछ । यस वर्ष जर्मनीको हम्वर्गमा वार्षिक सम्मेलन सम्पन्न भएको थियो भने, सन् २०२० मा अमेरिकाको होनोलुलुमा आयोजना गरिँदैछ । रोटरीमा राजनीतिको कुनै गन्ध हुदैन । रोटरीको नेतृत्वपन वार्षिक रुपमा फेरिने भएता पनि त्यहाँ कुनै चुनाव हँुदैन । योग्यता, क्षमताको आधारमा रोटरीको नेतृत्व चयन हुनु राम्रो परम्परा हो । चुनाव नहुने हुँदा चुनावका लागि आवश्यक पर्ने धनराशीको बचत हुन जान्छ । वैमनस्यता हुँदैन । रोटरीले हालसम्म समाजको उत्थानको लागि उत्कृष्ट योगदान पु¥याएको छ । विश्वबाटै पोलियो निर्मूल पार्ने सशक्त अभियानमा रोटरीले सफलता हासिल गरेको छ ।
नेपालमा रोटरी
नेपालमा पनि रोटरी अभियान शुरु भएको धेरै वर्ष भइसकेकोछ । रोटरी अभियानलाई सशक्तरुपमा अघि बढाउन समय–समयमा समाजका प्रवुद्धवर्गले योगदान दिएका छन् । हाल नेपालमा रोटरीको हेडक्वाटर तथा त्यसको अगुवाइ डिस्टिक्ट गनर्भनरबाट हुन्छ । नेपालमा हालसम्म ११९ वटा रोटरी क्लबहरु क्रियाशील रहेका छन् । यसमा समाजका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै ४,७८० व्यक्तिहरु क्रियाशील रही आएका छन् । रोटरीले समाजमा पिछडिएका तथा गरीव निमुखा जनताका लागि खानेपानी, आवास, स्वास्थ, सरसफाइ, शिक्षा आदि क्षेत्रमा योगदान दिएको छ । रोटरी अभियानमा लाग्नुको अर्थ दिनु हो, लिनु होइन । तर रोटरीले दिने भनेको असिम आनन्द तथा नेतृत्व क्षमताको विकास भने भन्न सकिन्छ । देशभरि फैलिसकेको रोटरी अभियानले समाजको विभिन्न क्षेत्रहरुमा निकै योगदान दिइआएको छ । महिला सशक्तीकरण तथा बालबच्चाहरुको शिक्षाको क्षेत्रमा पनि रोटरीको योगदान महत्वपूर्ण रहेको छ ।
वास्तवमै सेवाभाव समर्पित रोटरी अभियान हाम्रो देशमा अझ पनि व्यापकरुपमा फैलिनु अति आवश्यक छ । मानिसको जीवन आखिरमा कुनै दिन त अन्त हुन्छ नै । आफूमात्र जिउनुमा के पुरुषार्थ रहन्छ र समाजको भलाइको लागि केही योगदान सके न आउने पिँढीले पनि सम्झने हुन्छ ।
रोटरीमा समस्या
वास्तवमा रोटरीमा समस्या भनेको नयाँ सदस्यहरुलाई समाहित गर्नु र भएका सदस्यहरुलाई पनि निरन्तरता दिनु हो । रोटरीमा सदस्यता लिएको केही समयपछि नै छाड्नेहरु पनि निकै छन् । यसमा सदस्यता शुल्कवापत तिर्नुपर्ने रकमले पनि केही प्रभाव पारेको हुन सक्तछ । यो समस्या हल गर्न रोटरीको अन्तरराष्ट्रिय कार्यालयदेखि नै निर्देशन प्राप्त हुन्छ । तर रोटरी अभियानको महत्व तथा मर्म बुझेकाहरु भने यसमा निरन्तररुपमा लागिपरेका हुन्छन् । यो रोटरीको निकै सकारात्मक पक्ष हो । निर्धनलाई सेवा सहयोग गरी आनन्द प्राप्त गर्नेका लागि रोटरी एउटा उपयुक्त संस्था हो ।
रोटरी अभियानको महत्व बुझ्नेहरुले ठूलो धनराशि सहयोग गरी आएका छन् । यस्मा बिलगेट्स तथा उनका श्रीमती मेलिन्दा गेट्सको नाम वडो सम्मानका साथ लिइन्छ । आफूले कडा मिहेनत गरी कमाएको धन अन्यलाई दिनु भनेको ठूलो हृदय भएका मानिसले मात्र गर्न सक्तछ ।
नेपालको परिप्रेक्ष्यमा पनि रोटरी अभियानलाई सकारात्मकरुपमा बुझ्ने व्यक्तिहरु क्रमशः बढ्न थालेको हो कि भन्ने आभास पाइन्छ । गत १ जुलाइका दिन नेपालमा रोटरीका डिस्ट्रिक्ट गभर्नरको नेतृत्व हस्तान्तरण हुँदा एउटा गजबकै दृश्य सबैले देखे । त्यो के भने १० लाख रुपैयाँ सहयोग गर्ने सहृदयी रोटारियनको लर्काे नै देखाप¥यो । त्योभन्दा बढी गर्ने पनि कतिपय थिए । यसरी आर्थिक योगदान दिएर रोटरी अभियानलाई सशक्तरुपमा अघि बढाउन सहयोग गर्ने व्यक्तिहरु निश्चयनै धन्यवादका पात्र हुन् । प्रत्येक वर्ष फेरिने परम्परा भएको रोटरी नेतृत्वले आप्mनो प्राथमिकता तय गर्दछ, जुन समाजलाई उत्थान गर्ने विषयवस्तुमा केन्द्रित रहन्छ । यस वर्ष परिवारको मूल्य मान्यतालाई बढावा दिने उत्कृष्ठ लक्ष्य पनि लिइएको छ । रोटरीले गर्दा समाजमा एउटा ठूलो परिवर्तन हुने आशा गर्न सकिन्छ । व्यक्तिको सोचाइलाई उच्च तहमा पु¥याउनेदेखि आचरण शुद्धीकरण गर्नमा पनि रोटरीले महत्वपूर्ण योगदान दिन सक्तछ । हाल आएर देशमा शान्ति शिक्षा तथा वातावरण सम्बन्धित समस्याहरुसँग जुध्ने जमर्काे पनि रोटरीको अर्काे महत्वपूर्ण पाटो हो ।
प्रेसिडेन्ट, डिल्लीवजार रोटरी क्लव २०१९–२०२०