काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका २०० एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको सहभागिता रहेको थियो ।
उक्त अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरूमध्येबाट सर्वोत्कृष्टहरूलाई अवार्डबाट सम्मानित गरिएको थियो ।
देशभरीबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको थियो ।
सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा कमलप्रसाद घिमिरे (बुटवल ट्राफिक चोक) र सामूहिक व्यवसायअन्तर्गत उपिन्द्रा राई (नयाँ बानेश्वर) लाई अवार्ड, ट्रफी र नगदसहित सम्मानित गरिएको थियो ।
त्यस्तै, प्रोडक्ट एम्बासडरअन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूर्जा’ जीवन बिमा योजनामा क्रमशः गौरवकुमार शाही र कमलप्रसाद घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो ।
उक्त अवसरमा कम्पनीले एमडीआरटी क्वालिफायर्स, सिइओ क्लब र चेयरम्यान क्लब अन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो ।
कम्पनीले देशभरीबाट सर्वाधिक व्यवसाय, अभिकथर्न नियुक्ति र बिमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफीसहित सम्मान गरेको थियो ।
कार्यक्रममा देशभरीबाट सर्वाधिक व्यवसाय गर्ने, अभिकर्ता नियुक्ति गर्ने र बिमालेख जारी गर्ने शाखामध्ये बुटवल ट्राफिक चोक, बुटवल चौराहा र नयाँ बानेश्वर शाखालाई शिल्डसहित सम्मान गरिएको थियो ।