Logo
Logo

‘तँ अब बुढो भइस्’ बजारमा


756
Shares

मकवानपुर । साहित्यको विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकार तथा व्यंग्यकार पिडालु पण्डितद्वारा लिखित ‘तँ अब बुढो भइस्’ खण्डकाव्य सार्वजनिक गरिएको छ ।

दर्जन बढी कृति लेखेका सरकारी सेवाबाट निवृत्त उनको यो पछिल्लो कृति हो । समाजको विकृतिलाई व्यङ्ग्यात्मक शैलीमा झटारो हान्ने र चेतना प्रभाव पार्ने गरी कमल चलाउने पण्डितले यो काव्यलाई काव्य उठान, काव्य श्रृंखला र काव्य बैठान गरि तीन भागमा विभाजन गरी तयार पारेका छन् । खण्डकाव्यमा २३ श्रृंखला समेटिएको छ ।

स्रष्टालय बुक एण्ड पब्लिकेशन काठमाडौँले प्रकाशन गरेको खण्डकाव्य १ सय ८० पृष्ठमा समेटिएको छ । डाक्टर शैलेन्द्र प्रकाश नेपालले खण्डकाव्यमाथि टिप्पणी गर्दै उक्त युवाहरूको अन्तिम स्वीकारोक्ति र कल्पनातीत काव्य भनेका बताएका छन् ।

यसैगरी बुढ्यौली साहित्य समाज मकवानपुर अध्यक्ष आरसी रिजालले खण्डकाव्यमा विभिन्न कोणबाट बुढ्यौलीका विषयलाई रोचक तथा व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरिएको बताएका छन् ।

सरकारी सेवामा रहँदै पनि लेखनलाई विशेष समय दिँदै आएका उनले सेवा निवृत्तपछि साहित्य समाजका लागि आफ्नो समय बढाएको बताए । उनी नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुन् ।

प्रतिक्रिया दिनुहोस्