Logo
Logo

दक्षिण कोरियाबाट मिर्गौलापीडित निशानलाई आर्थिक सहयोग


- दृष्टि न्युज/संवाददाता

126
Shares

मिर्गौलापीडित निशान कुरुम्बाङ

काठमाडौं, २२ पुस । मिर्गौलापीडित निशान कुरुम्बाङलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुबाट आर्थिक सहयोग प्रदान गरिएको छ । दुवै मिर्गौला फेल भएर एक वर्षदेखि २५ वर्षीय निशानले डायलसिस गराउँदै आएका छन् ।
दक्षिण कोरियाबाट राजेश कुरुम्बाङ, लखन कुरुम्बाङ र जगत कुरुम्बाङको पहलमा त्यहाँ रहेका नेपालीहरुबाट संकलित २ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग विमारीका बाबु मनोजकुमार कुरुम्बाङलाई हस्तातरण गरिएको छ । उक्त सहयोग रकम एक कार्यक्रमबीच याक्थुङ कुरुम्बाङ सङजुम्भोका केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङको हातबाट हस्तान्तरण गरिएको हो ।
तेह्रथुम, फेदाप–१ (साविक सिम्ले–१)का २५ वर्षीय निशानको हाल ललितपुरस्थित सुमेरु अस्पतालमा डायलसिस हुँदै आएको छ । आर्थिक अभावका कारण समयमै छोराको मिर्गौला प्रत्यारोपण गर्न नसकेको विमारीका बाबु मनोजकुमारले बताए ।
बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका बेला निशानको मिर्गौलाले काम गर्न छाडेको थियो । दुवै मिर्गौला फेल भएको थाहा भएपछि नेपाल आएर राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु गरेका थिए । पीडित निशानको हाल सातामा एकपटक डायलसिस हुँदै आएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले समयमै मिर्गौला प्रत्यारोपण गर्न नसकेका निशानलाई बचाउन विभिन्न व्यक्ति, संघसंस्था र मनकारीहरुले आर्थिक सहयोग गर्दै आएका छन् । तर, खाशै ठूलो रकम सहयोग नपाएकाले अहिलेसम्म मिर्गौला प्रत्यारोपण गर्न सम्भव नभएको उनका बाबु मनोजकुमारले बताए ।
मिर्गौला पीडित निशानलाई बचाउन कुरुम्बाङ सङ्जुम्भो परिवारले अनुरोध गर्दै सहयोगका लागि अपिल समेत गरेको छ । साथै, दक्षिण कोरियामा रहेका जो–जसले सहयोग गरेका छन्, उनीहरुलाई सङ्जुम्भो परिवारले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्