काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा प्राथमिक (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका लागि निवेदन दिएको छ । बोर्डका अनुसार कम्पनीले ३९ करोड ५० लाख बराबरको ३९ लाख ५० हजार कित्ता निष्कासन गर्न लागेको हो।
बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि सर्वसाधारणमा सेयर जारी हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
कम्पनीले बाग्लुङ गलकोट नगरपालिका वडा ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजना निर्माणको काम ८० प्रतिशत सकिएको पनि कम्पनीले जनाएको छ।