Logo
Logo

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुरले हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर बेच्ने


3.4k
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हिमायलन एभरेष्ट इन्स्योरेन्सको सेयर बिक्री गर्ने भएका छन् ।

हिमायलन एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरधनी पाँडे आफ्नो स्वामित्वमा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बेच्ने भएका हुन् । पाँडेले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता २ सय रुपैयाँ तोकिएको छ ।

इच्छुक संस्थापकले किन्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन आग्रह गरिएको छ ।

सो सेयरमा संस्थापक सेयरधनीहरुको पहिलो हक रहने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्