तेहराइन, २३ पुस । इरानमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै जनाको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १८० जना यात्रु सवार थिए । इरानले इराकमा रहेका अमेरिकी सेनाको दुई वटा शिविरमा मिसाइल आक्रमण गरेको केही घण्टापछि नै विमान दुर्घटना भएको थियो ।
तेहरानबाट युक्रेन उडेको इन्टरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७–८०० जेट इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । इरानी अधिकारीहरुले विमान दुर्घटनामा कसैलाई जिवित भेटिने सम्भावना नरहेको बताएका छन् । विमान तेहराइनस्थित विमानस्थलबाट युक्रेनको किभस्थित बोर्यस्पिल विमानस्थलका लागि उडेको केही क्षणमै दुर्घटनामा परेको थियो ।