Logo
Logo

विद्यालय हातामा मदिरा पार्टी गर्ने शिक्षकलाई कारबाही


- दृष्टि न्युज/संवाददाता

0
Shares

महोत्तरी, २३ पुस । गौशाला नगरपालिका–३ स्थित जनता आधारभूत विद्यालय नवराजपुरको हातामा अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा मदिरा पार्टी गर्नेलाई नगरपालिकाले कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । विद्यालय हाताा मदिरा पार्टी भएको समाचार सार्वजनिक भएपछि उक्त पार्टीमा संलग्न शिक्षकलाई कानूनअनुसार कारबाही गरिने नगरपासिलकाले जनाएको छ ।
सार्वजनिक बिदाका दिन विद्यालयजस्तो पवित्रस्थलमा मदिरा पार्टी गरेको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानूनअनुसार कारबाही गरिने निर्णय गरेको हो । विद्यालयमा मदिरा पार्टीका गरिएको जानकारीलगत्तै मंगलबार विद्यालय पुगेका नगर प्रमुख शिवनाथ महतो, नगरपालिकाका कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सम्मिलित बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नगरपालिकाका कर्मचारी धर्मराज बस्नेतले बताएका छन् ।
पार्टी गरिएको एक हप्ता बित्दासमेत विद्यालयको हाताभित्र खाली मदिराका वोतल, खाना खाएका जुठा प्लेट, फोहरले विद्यालयको वातावरण प्रदूषित भएको पाइएको थियो । अनुगमनका क्रममा सञ्चारकर्मीसहितको टोली घटनास्थलमा पुग्दा मदिराका खाली बोतलको छेउमा ससाना विद्यार्थी खुला चौरमा अध्ययन गर्नका व्यस्त रहेका थिए । सो नयाँ वर्ष पार्टीका क्रममा खिचिएको भिडियोमा मदिरा सेवन गरी लठ्ठ भएका शिक्षकले असभ्यताको हद पार गरेको पाइएको छ । उक्त भिडियोमा कोही खानमा व्यस्त त कोही भोजपुरी अश्लिल गीतमा नृत्य गरेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्