Logo
Logo

बाग्मती किनारमा एक महिलाको शव भेटियो


2.5k
Shares

रौतहट – बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको उक्त शवको अहिलेसम्म पहिचान खुलेको छैन ।

गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोष्टमार्टमका लागि गौर अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्