Logo
Logo

ओलीको आरोप- कोशीमा गठबन्धनले फोहोरी राजनीति गरिरहेका छन्


4.3k
Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता गठबन्धनले फोहोरी खेल खेलेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रदेशमा सत्ता पक्षबाटै लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको बताउँदै यस्तो आरोप लगाएका हुन् ।

आइतबार एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘कोशी प्रदेशमा सत्ता गठबन्धनको नाममा पटक–पटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन् ।’

प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रको गठबन्धन चुपचाप बसेको रहेको बताउँदै ओलीले भने, ‘अदालतले सरकार गठन अवैध भनिसकेको छ, उनीहरू अझै यसलाई स्वीकार्न तयार देखिँदैनन् ।’

गठबन्धनले प्रदेशमा सत्ता कब्जा गर्न खोजेको उनको आरोप छ । अध्यक्ष ओलीले सत्ता गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको आरोप लगाउँदै भने, ‘सबै जातजाति मधेशी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्