Logo
Logo

हिमालयन बैंककाे ‘फण्ड ट्रान्सफरमा, मोबाइल फोन हातमा’ अफर


1.4k
Shares

काठमाडौंः हिमालयन बैंकले ‘कनेक्ट आइपीएस’सँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफरमा, मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग HI-MB एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर भदौ १ गतेदेखि ३१ गतेसम्म लागु हुने बैंकले जनाएको छ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने बैंकको विश्वास छ ।

HI-MB को फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच connectIPS को च्यानल प्लेटफर्म मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न connectIPS मा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

आर्थिक वर्ष २०७९र८० मा यस च्यानलमार्फत रु. १ करोड ४७ लाखभन्दा बढी भुक्तानी भइसकेको बैंकले जनाएको छ । मोबाइल बैकिङ्गमार्फत प्रयोगकर्ताले प्रति कारोबार प्रतिदिन रु. दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको HI-MB एपमा हाल १७०,००० भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्