काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले सारुक ताम्राकारको आत्महत्या प्ररकणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् ।
आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएपछि पहिलोपटक उनले लामो स्टाटस लेखेर सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएकी हुन् ।
अभिनेता सुरुकले आत्महत्या गरेपछि नम्रताकै कारण उसले आत्महत्या गवरेको भन्दै आलोचना भएको थियो । यद्यपि, शारुकको सुसाइड नोटमा भने नम्रतालाई आरोपित गरिएको छैन । उनले शारुक एक सम्भावना बोकेको, सहयोगी र मिलनसार व्यक्तिका रुपमा चित्रण गर्दै घटनाले आफूलाई अचम्भित तुल्याएको बताएकी छन् ।
यो घटनालाई लिएरु एकतर्फीरूपमा विभिन्न मिडियामार्फत समाचोर लेख्न लगाइएको तथा केही चलचित्रकर्मी र चलचित्रका पदाधिकारी नै पूर्वाग्रही किसिमले आफूविरुद्ध लागेको नम्रताको टिप्पणी छ ।
‘मेरो परिवार र हाम्रो कानूनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु,’ उनले भनेकी छन् ।
अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको समेत बताएकी छन् ।
‘तर यहाँ एकतर्फी रूपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे, त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ । आत्महत्याजस्तो संवेदनशील विषयलाई ग्लोरिफाइ गर्नु उचित हुँदैन,’ उनले भनेकी छन् ।