काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” का इकाईहरुको खरिद बिक्रीलाई सहजिकरण गर्नका लागि गुडविल फाईनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडलाई वितरण केन्द्र नियुक्त गरिएको छ ।
उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा, गुडविल फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर र मुक्तिनाथ विकास बैंक लिमिटेडका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलप्रसाद गुरुङले हस्ताक्षर गर्नुभयो ।
गुडविल फाइनान्स लि. तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट २०७६ माघ १ गतेदेखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् । यसअघि सो योजनाका इकाईहरुको कारोवार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट २०७६ असोज २७ गतेदेखि हँुदै आइरहेको छ ।