Logo
Logo

नबिल बैंकको ३५औं वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नबिल बैंकको यही पुस २२ गते बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड््यालको अध्यक्षतामा बसेको ३५औं वार्षिक साधारणसभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेबमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आर्थिक वर्È २०७५÷७६ को मुनाफाबाट नगद लाभांश २२ प्रतिशत र बोनस शेयर १२ प्रतिशत दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आव २०७५/७६ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु.४ अर्ब २४ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १७.७६ प्रतिशत र प्रतिशेयर आम्दानी रु. ५०.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब १ अर्ब पु¥याएको छ । बैंकको सञ्चालन मुनाफा ६ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको सञ्चालन मुनाफा र खुद मुनाफामा क्रमशः ६.६१ प्रतिशत र ६.४५ प्रतिशतले वृद्घि भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रु. २३ अर्ब १९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयरपश्चात बैंकको पू“जी यस बर्ष रु. १० अर्ब ९ करोड नाघेको छ ।

साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भन्नुभयो, “नबिल बैंकले नेपालको बैंकिङ Ôेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पु¥याउन सफल भएकोमा गौरवान्वित रहेको बताउनुभयो ।

साधारणसभाकै अवसरमा गत भदौ १४ मा केही विदेशी नागरिकहरुद्वा©ा विभिन्न बैंकहरुको एटीएमबाट अनधिकृतरुपमा रकम निकालिएको घटनालाई उजागर गरी संलग्न ब्यक्तिहरुलाई कारवाहीको दाय©ामा ल्याउन सक्रिय भूमिका निर्वाह गरेबापत शेयरधनीसमेतको सक्रियतामा बैंकका कर्मचारी, सुरक्षा गार्डहरु तथा महानगरीय प्रहरी बृत्त दरबारमार्ग काठमाडौंलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्