Logo
Logo

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश घोषणा


1.1k
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेकोछ । बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । यससँगै माछापुच्छ्रे यसपाली लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

त्यस्तै बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल एंव सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्