Logo
Logo

नबिलले राख्यो ऋण नतिर्ने दुई उद्योग लिलामीमा


88.9k
Shares

काठमाडौं । नबिल बैंकले ऋण चुक्ता नगर्ने दुई वटा उद्योगलाई लिलामीमा राखेको छ । बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै पशुपति उड उद्योग प्रा.लि. र मकालु काष्ठ उद्योग प्रा.लि.लाई लिलामीमा राखेको जनाएको हो ।

बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने भएको हो । पशुपति उड उद्योग काठमाडौं महानगरपालिका ६ बौद्धमा रहेको छ भने मकालु काष्ठ उद्योग कागेश्वरी मनोहरा नगरपालिका ७ मा रहेको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्