Logo
Logo

सिटिजन्स बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत छुट


630
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई हिमाल डेन्टल हस्पिटलमा आकर्षक छुट दिने सम्झौता भएको हो ।

अब सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले बताएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइट उल्लेख गरिएको बैंकले बताएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८८ वटा शाखा, १४८ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट देशभर बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्