काठमाडौं । एनएमबी बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिक साधारणसभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।
साधारणसभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनश शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
उक्त साधारणसभाले सञ्चालक पदमा संस्थापक शेयरधनीबाट पवनकुमार गोल्याण, एफएमओको तर्फबाट नीको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट शिरिशकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोनलाई नर्वाचित गरेको छ ।
हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।