Logo
Logo

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार माङसेबुङका केदेमलाई


1.3k
Shares

इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार, २०८० बाट इलामका पत्रकार ज्ञानु केदेम पुरस्कृत भएका छन्। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४औं स्थापना दिवसको अवसरमा सोमबार इलामको सदरमुकाममा एक कार्यक्रम आयोजना गरी केदेमलाई पुरस्कृत गरिएको हो।

केदेमलाई प्रमुख अतिथि इलाम नगरपालिकाका मेयर केदार थापा र प्रमुख जिल्ला अधिकारी श्रवनकुमार तिम्सिनाले दोसल्ला र सम्मानपत्रले सम्मान गर्दै पुरस्कार प्रदान गरेका हुन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले स्थापना गरेको पुरस्कार राशी नगद १० हजार रहेको छ। उनलाई सो नगदको चेक समेत हस्तान्तरण गरिएको छ।

गतवर्ष देखि वितरण गर्न सुरु गरिएको पुरस्कारबाट अग्रज पत्रकार सटेन्द्र बजेगू पहिलोपटक पुरस्कृत भएका थिए । सोही पुरस्कार दोस्रो पटक केदेमलाई प्रदान गरिएको हो।

डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशिल रहेका केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन्। हाल इलामको माङसेबुङबाट प्रकाशित माङसेबुङ मासिक म्यागजिनका उपसम्पादक छन्।

पुरस्कारका निमित्त फोनिज इलामले आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी पुरस्कार कोष स्थापना गरेको छ।पुरस्कार कोषबाट हरेक वर्ष एक आदिवासी जनजाति पत्रकारलाई पुरस्कार वितरण गरिनेछ।

कार्यविधिमा फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यकरलोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेखरआलेख, वहसरपैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्